२०८१ आश्विन ६ , आइतवार

लोकदोहोरी रियालिटी शो को विजेतालाई १५ लाख नगद र कार

सुनाखरी न्युज / काठमाडौं  – लोकदोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को विजेताले १५ लाख रुपैयाँ नगद र कार पुरस्कार पाउने आयोजकले जनाएको छ । डिएआर मुभिजले आयोजना गरेको दोहोरी आइडलको दोस्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

पुस १३ बाट शुरु हुने अडिसन २९ गते सकिनेछ। ७७ जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाहरुले आवेदन दिनसक्ने आयोजकले जनायो। पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा यस आइडलमा निर्णायकको रुपमा रहनेछन्।

दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुनेछ ।