सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ ।
पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिनु भएको हो । ४ मङ्सिर मा भएको निर्वाचनमा धादिङ(१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको मुख्यमन्त्री पाण्डेले हिजो शपथग्रहण गर्नु भएको थियो ।
शपथग्रहणसँगै औपचारिक रुपमा प्रतिनिधिसभा सदस्य बनेपछि पाण्डेले आजबाट बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।