२०८१ आश्विन ६ , आइतवार

क्रिसमसमा पुस १० गते प्याराडिसो स्पोर्टस् बारमा सविन राई साङगितिक साँझ

सुनाखरी न्युज/ पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमसलाई लक्ष्त गरेर गायक सविन राईको विशेष साङगितिक साझँको आयोजना गरेको छ ।

 

क्रिसमको अवसरमा पुस १० गते आइतबार विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । आइतबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् ।

 

उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमि मेरो लागयतका गीतहरु चर्चित छन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् । प्रबेशका लागि एक हजार र १ हजार ५ सयको टिकट रहेको उनले बताए । निःशुल्क रुपमा अग्रिम टेवल बुकिङको पनि व्यवस्था रहेको उनको भनाई छ ।

 

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिन उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै साङगितीक रमाइलो लिन पाइने उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।