२०८१ आश्विन ६ , आइतवार

रवि र अस्मिताको स्वर मा रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

खुस्बु र प्रिन्स विश्वकर्मा फिचर्ड उक्त म्युजिक भिडियोमा दुई जनाको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ । विहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने यसमा संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

 

‘गीत झैँ भिडियो राम्रो बनाउने कोसिश गरेका छौँ । गीतको भाव अनुसार भिडियोमा प्रस्तुत भएकी हुँ’, अभिनेत्री खड्काले भनिन् । भिडियोमा राम कुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।