२०८१ आश्विन ६ , आइतवार

दश दिन नेपाल घुमघामपछि स्वदेश फर्किए भारतीय अभिनेता ओबरोय

सुनाखरी न्युज –  काठमाडौं /  नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए ।

 

उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् ।नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिए ।

 

व्यवसायी यादवले आवरोयको नेपाल भ्रमणले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने आफूले विश्वास लिएको बताएकी छन् ।यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए ।​ ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् । फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए ।