२०८१ आश्विन ६ , आइतवार

प्रकाश सपूतको पहिलो देउडा गीत

सुनाखरी न्युज/ काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा एक बेग्लै र विशिष्ट पहिचान बनाएका कलाकार हुन् – प्रकाश सपूत ।

 

उनका एकपछि अर्को सिर्जनाहरुलाई स्रोता/दर्शकहरुले औधी माया दिएका छन् । चलचित्रको पर्दामा समेत पर्दापण गरेका उनै प्रकाशले पहिलोपटक सुदूरपश्चिमको मौलिक भाका देउडा गीत गाएका छन् ।‘लाईहेल कालो टीको’बोलको देउडा गीतमा उनले स्वर दिनुका साथै भिडियोमा अभिनय समेत गरेका छन् ।

 

गायिका लक्ष्मी आचार्यसँग उक्त गीतमा स्वर दिएका प्रकाशले भिडियोमा उनै आचार्यसँगै अभिनय गरेका हुन् । गीतमा सुदूरपश्चिमको कला र संस्कृति समेटिएको छ । नरेन्द्रराज रेग्मीको शब्द तथा संगीत रहेको उक्त गीत रि–रेकर्ड गरिएको हो । गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ भने श्यामश्वेत रसाइलीको छ ।