२०८१ पुष १७ , बुधवार

नेपाल टी- ट्वान्टी लिग: लुम्बिनी अल स्टार विजयी

सुनाखरी न्युज/ काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो। लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो।

 

विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए। त्यस्तै, सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए। यता लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान एक-एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो।

 

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए। उनले ६३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन्। यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए। विपुल शर्मा ११ र अनिल शाह छ रनमा आउट भए।यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान एक-एक विकेट लिए। यस जितसँगै लुम्बिनीको चार अङ्क जोडिएको छ।

 

प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन्। प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ।