२०८१ आश्विन ६ , आइतवार

गायिका रचना रिमाल कार्यक्रमका लागि जापान प्रस्थान

सुनाखरी न्युज/ काठमाडौं । गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि जापान उडेकी छिन् ।

आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेकी उनी जापानमा १० दिन रहनेछिन् । जापानका विभिन्न ४ सहरहरुमा उनले सांगीतिक प्रस्तुती दिने कार्यतालिका छ ।

 

जापानबाट उनी सिधै क्यानडातर्फ प्रस्थान गर्नेछिन् । २० दिन क्यानडामा रहँदा उनले त्यहाँका ४ वटा सहरहरुमा सांगीतिक प्रस्तुती दिनेछिन् । १ महिनापछि मात्रै उनी नेपाल फर्किनेछिन् ।