२०८१ कार्तिक ३० , शुक्रवार

माओवादी अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीका लागि दाबी पेस

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् ।

उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

 

जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।