जनकराज पाठक। नेपाली राजनीतिमा सत्ता लोलुपको निमित्त दलहरुले जनताको मागलाई सम्वोधन गर्ने भन्दा नि व्यक्तिगत चिन्तन वढि वोकेको कारण विचार,नीति,सिद्धान्त भन्दा सत्ता प्राथमिकता मा राखेका देखिन्छ।
यस्ता दलहरु अस्थिर हुन्छन तसर्थ यिनिहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन अन्तत व्यवस्था धरापमा पर्ने निश्चित छ। जुनदेशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार वन्छन।सरकारको नेतृत्व कस्तो चिन्तन,चरित्र,भयको व्यक्तिले गरेको छ महत्त्वपूर्ण विषय त्यो हो।यदाकदा भन्ने गरिन्छ प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन यधपी नेतृत्व तहमा रहेको व्यक्तिको अाचरण,चरित्र र चिन्तनले ठुलो महत्त्व राख्छ,यो व्यवस्था लाई कस्ता चरित्रका कस्ता नेताहरुले नेतृत्व गरेका थिया र गर्दैछन यो मुख्य विषय हो। २०४६ सलको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सवैभन्दा वढि सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति देउवा हुन।नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्री देखि सुरा,सुन्दरी सम्मको प्रचलन त्यहि वेला भित्रियो।सत्ता टिकाउनको निमित्त देशभित्र मात्र हैन,विदेशमा समेत सासंद लुकायर चर्चामा अायका पात्र हुन देउवा।मुलुकमा अपांग लाइ टेक्ने बैसाकि दिन नसक्ने सरकारले सत्ता टिकाउन सवै सांसाद लाइ पजेरो सुविधा त्यहि समय दियको थियो।
विषेशत त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यहि गोलचक्करमा फसेर ध्वस्त भयो।राप्रपा लाइ पटक,पटक प्रयोग गरियो,राप्रपाले अाफु प्रयोग भइरहेको थाहा नै पायन।यतिसम्म कि एउटाको क्याविनेटमा रहेका राप्रपाका मन्त्री उसैको विपक्षमा दस्तखत गर्न झन्डा हल्लाउँदै अर्को पक्षमा देखिय। एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाइ कमजोर र ध्वस्त वनाउदा मुलुक अस्थिरता तर्फ धकेलियो फलस्वरूप सिङ्गो व्यवस्था माथिनै संकट आयो र माअोवादीको उदय भयो।सर्वहारा वर्गको नाममा गरियको माओवादी जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण भयो।दशौ हजार नेपाली, राजनीति प्रतिसोधका करण मारिय।विकास निर्माणका संरचना हरु ध्वस्त भय।तत्कालीन देउवा सरकारले क.प्रचण्ड को टाउको मोल तोक्दै माओवादी पार्टी लाइ आतंककारी को सुचिमा राख्यो।राजनीतिक रुपमा माओवाद युद्धमा सवैभन्दा वढि क्षति सायद कांग्रेस लाई भयो तर सत्ता स्वार्थको निमित्त सवै विर्सियका पात्र हुन देउवा। सिद्धान्तको लिलाममा सत्ता खोज्ने व्यक्ति हुन देउवा उनै देउवाले माओवादी संग अपवित्र गठवन्धन गर्दै केवल सत्ता स्वार्थको निमित्त निर्वाचनमा झन्डै सकिन लागेको माओवादी लाई गतिलो स्थान दिय।
माओवादीले मौकाको फाइदा उठाउदै आफ्नो स्वार्थमा कांग्रेस संगै हिडेर आफुलाइ स्थापित मात्र गरेन आज मुलुकको बागडोर नै कव्जा गरेर मुलुक लाई आफ्नो मार्गचित्रमा हिडाउन अवसर प्राप्त गरेको छ। सत्ता वाहेक केही नदेख्ने कांग्रेसले माकुने र प्रचण्ड हरुवाट पुन सत्ता प्राप्त गर्ने कसरतमा असफल प्राप्त गरेको छ।हिजो बिनाकारण माओवादीले हत्या गरेका,अंगभंग पारेका,वेपत्ता पारेका,सम्पत्ति हरण गरेका कुनै कार्यकर्ता को अनुहारको झलक समेत याद नगरेका देउवा आज प्रचण्डको कारण सायद निद्रा वाट विउझिय होलान।
भागवन्डा र भ्रष्टाचार लाई संस्थागत गर्दै प्रधानमन्त्री वनेका र अहिले प्रचण्ड वाट धोखाको कारण विदा भयका देउवा को ठाउमा सोही कार्य लाई संस्थागत गर्दै प्रचण्ड पुन उदायका छन।सत्ता केन्द्रित अप्राकृतिक पाच दलिय गठवन्धनआज वाट समाप्त भयको र नया गठवन्धन को सुरुवात भयको छ। लोकतन्त्रको नाममा अहिले गठित यो गठवन्धन पनि केवल सत्ता केन्द्रित मात्र छ।प्रजातान्त्रिक व्यवस्था र सिदान्त संग कुनै सम्बन्ध नराख्ने प्रचण्ड आज वाट ओलीका राजनीतिक गुरु वनेका छन। यो गठवन्धनको जोड,घटाउ,र अान्तरिकको प्रतिस्पर्धाको कारण मुलुक पुन अस्थिरता तर्फ धकेलिने र प्रचण्ड युगको सुरुवात संगै निंरकुस अधिनायकवाद को पुन उदय हुने निश्चित छ। सायद यो दिन देख्न नेपाली जनताहरुले धेरै कुर्न नपर्ला।
प्रजातन्त्रको निमित्त एकरत्ति योगदान नभयका प्रजातान्त्रिक आचरण समेत नभयका प्रचण्ड र आफुलाइ प्रजातान्त्रिक शक्ति र प्रजातन्त्रवादी ठान्ने एमाले एकै ठाउमा उभिने दिन आयको छ। अन्तमा:-राजनैतिक स्थिरताको निमित्त वर्तमानमा सरकार लाई समर्थन गरेको राप्रपाले अब सत्ता र व्यवस्था मध्ये एक रोज्नुपर्ने अवस्था आयको छ ।नेपालको राजनीतिमा फरक दृष्टिकोण वोकेको राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र को पक्षमा रहेको राप्रपा पुन सत्ताको गोलचक्कर मा फसेर आफुलाइ ध्वस्त वनाउने वा आफ्नो अलग पहिचान लाई कायम गर्दै आफुलाइ बलियो शक्तिको रुपमा स्थापित गर्ने ? आजको मुल प्रश्न यहि हो! आफ्नो स्पष्ट दृष्टिकोण हुदाहुदै पनि विगतमा पटक,पटक ध्वस्त भयको नजिर लाई ख्याल गर्दै आफुलाइ कसरी प्रस्तुत गर्ने यो गम्भीर निर्णय नया नेतृत्वको काधमा आयको छ।विगतको इतिहास र वर्तमानको अवस्था लाई राम्रो संग विश्लेषण गरेर राप्रपा अगाडि वढोस।आज राप्रपा सत्ता प्राप्तिको अवसर र चुनौती वाट गुज्रिएको अवस्था छ।यसलाई कसरी व्यवस्थापन गर्ने नेतृत्वको क्षमतामा भर पर्छ। आगे नेता जो हरुको मर्जि।