२०८१ मंसिर १२ , बुधवार

अवैध सामान बरामद

सुनाखरी न्युज/ मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल तर्फ अवैधरुपमा ल्याउदै गरेको बिभिन्न प्रकारका सामानहरु बरामद गरेको छ ।

हिजो राती साढे ८ बजे इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटि गएको गस्ति टोलीले बिभिन्न प्रकारका स्टकोटको कपडा, झुल, गलबन्दी, जुत्ता, चप्पल, मोजा, ग्याँस चुल्होको सामान, पुजाको सामग्री, मोटर पार्टस, प्लास्टिकको कुर्सी, रुद्राक्षको दाना २ बोरा लगायत करिव ७ लाख ४७ हजार बरावरको सामग्रीहरु बरामद गरेको हो । प्रहरी गस्ति टोलीलाई देखि उक्त सामानहरु फाली मानिसहरु फरार भएका थिए ।

 

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर १४ र १५ स्थितबाट अबैधरुपमा भन्सार छली गरी ल्याउदै गरेको बिभिन्न प्रकारका लत्ता कपडा र खाधान्य समेत गरी करिव १ लाख ८० हजार बरावरको सामन बरामद गरेको थियो भने इलाका प्रहरी कार्यालय मायागंजबाट खटिएको गस्ति टोलीले १५ हजार बरावरको रेडिमेड कपडा र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको गस्ती टोलीले करिव २२ हजार बरावरको खाध्यान्नका सामग्री बरामद गरेको थियो । उक्त बरामद भएका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।