२०८१ कार्तिक ३० , शुक्रवार

दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री, कुन पार्टी वाट को को ?

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । दाहालसँगै तीन उपप्रधानमन्त्रीले सोमबार  शपथ लिएका हुन् ।

 

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् ।

 

एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।