सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४ ग्राम ५ मिलिग्राम सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानरगपालिका–१७ घर भएका २४ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय दिनेश चौधरी छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०१ नम्बरको बसमा चेकजाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।