सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिबारे प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताउनुभयो । उहाँले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गर्नुभएको छ । उहाँले जनतासँग संवाद सुरु गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको विकल्प नरहेको पनि बताउनुभयो । उहाँले गठबन्धनका नाममा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन नसकिने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
उहाँले पार्टी नेतृत्वको गल्ती कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।