सुनाखरी न्युज/ काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज २ सयले बढेको छ। तेजावी सुन प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको छ ।