२०८१ कार्तिक ३० , शुक्रवार

पुस २५ गते संघीय संसदको अधिवेशन बोलाउने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । आगामी पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पुस २५ संसदको अधिवेशन गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार हिजोको पहिलो मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई २५ गते अधिवेशन आह्वान गर्नेगरी सिफारिस गर्ने निर्णय गरिएको हो ।

 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो।