२०८१ पुष २७ , शनिवार

चिसोमा दैनिक करी पातको चिया पिउनुहोस्, बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

सुनाखरी न्युज/ काठमाडौं । करी पात खानाको स्वाद बढाउने मसला हो तर यसलाई चियाको रुपमा पनि बनाएर पिउन सकिन्छ । आउनुहोस् तपाईलाई जाडोमा करी पातको चिया पिउनुका फाईदाहरु बारे बताउँने छौं । देशभर यतिबेला धेरै क्षेत्रमा चिसो बढेको छ । चिसो मौसममा रुघा खोकी वा मौसमी संक्रमण सजिलै लाग्ने गर्दछ ।

 

यसैबीच, चीनमा बढ्दै गएको कोरोना भाइरसको सबभ्यारियन्ट ओमिक्रोन बीएफ.७ ले विश्वका मानिसको चिन्ता बढाएको छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई कोरोनाले सजिलै लाग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा चिकित्सा उपचारमा भर पर्नु पर्ने भए पनि स्वदेशी विधिबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । हामी तपाईलाई करी पातको चियाका फाइदाहरु बारे बताउँने छौं । प्रतिरक्षा प्रणाली बलियो बनाउँछ – करी पातमा आइरन, क्याल्सियम, भिटामिन ए, फस्फोरस जस्ता पोषक तत्वहरू भरिपूर्ण हुन्छन्। यस्तो अवस्थामा यो प्रतिरक्षा प्रणालीका लागि कत्तिको फाइदाजनक छ भन्ने स्पष्ट हुन्छ ।

 

कोभिडको संक्रमण भएमा पानीमा करी पात हालेर पिउनुहोस्। केहि दिन लगातार यसो गर्नुहोस् र तपाईले फरक देख्न सक्नुहुनेछ। पाचन प्रणाली– करी पातले शरीरका लागि धेरै फाइदा हुने गर्दछ । यसको नियमित र सही मात्रामा सेवन गर्दा मेटाबोलिज्मलाई सुधार्न सकिन्छ। यसबाट तपाईलाई दुईवटा फाइदा हुनेछ, पहिलो तपाईको पाचन प्रणाली स्वस्थ रहनेछ र दोस्रो तौल घटाउनमा पनि मद्दत गर्नेछ । तनाव हटाउन– यदि तपाई प्रायः कुनै कारणले तनावमा हुनुहुन्छ भने, करी पातको चियाको दिनचर्या अनुसरण गर्न सुरु गर्नुहोस्। करी पातको कालो चिया पिउनाले मन शान्त हुनुका साथै तनावमुक्त रहनुका साथै काममा पनि व्यस्त रहन्छ ।

 

यसको सुगन्धले हामीलाई आरामको अनुभूति गराउँछ र तनावले छोड्ने विज्ञहरू बताउँछन्। करी पातमा पर्याप्त मात्रामा आइरन र फलिक एसिड हुन्छ र यसले रक्तअल्पताको खतरालाई कम गर्छ । साथै यसमा पाईने भिटामिन ए र सी ले कलेजोलाई स्वस्थ राख्छ । ब्लड–शुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । करी पातमा पाइने फाइबर इन्सुलिनले ब्लड–शुगरको मात्रा कम गर्छ । करी पातको सेवन गर्नाले मुटु बलियो बनाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ । करी पातमा एंन्टी अक्सिडेन्ट, एन्टी व्याक्टेरियल र एन्टी फँगल हन्छ र यसले छालालाई इन्फेक्सन हुनबाछ बचाउँछ ।