सुनाखरी न्युज/ काठमाडौं । सम्झौता पत्रअनुसार सेवा सुविधा नदिएको भन्दै काठमाडौं महानगरका कर्मचारी आन्दोलित भएका छन्। महानगरले युनिक सेक्युरिटी सर्भिस बल्खुबाट ‘हायर’ गरी ल्याएका सरसफाइ,सुरक्षागार्डलगायतका कर्मचारीहरु आन्दोलित भएका हुन्।
कम्पनीसँग सहमति भएअनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरु दबाब दिन आज युनिक सेक्युरिटी सर्भिस गएका थिए। सम्झौता पत्रमा मासिक तलब २० हजार पाउने भनिए पनि आफूहरुले १५ हजार मात्रै पाउने गरेको उनीको गुनासो छ। उनीहरुले सम्झौता पत्रअनुसारको सुविधा पाउनुपर्ने अडान सेक्युरिटी सर्भिसका कर्मचारीसँग राखेका छन्। महानगरले आफूहरुलाई सुकुमबासी बस्ती हटाउन खटाएको र बस्ती हटाउने क्रममा घाइते हुँदा उपचार खर्च नदिएको उनीहरुको दुखेसो छ।
अनधिकृतरुपमा राखिएका विज्ञापन बोर्ड, होडिङ बोर्ड हटाउन महानगरले आफूलाई खटाउने र सोही क्रममा चोटपटक लाग्दा उपचार खर्च नदिएको उनीहरुको भनाइ छ।