२०८१ आश्विन ६ , आइतवार

विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

सुनाखरी न्युज / १० दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका बलिउड सुपरस्टार विवेक ओबरायले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । नेपालमा रहँदा प्रचण्डसँग भेट गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै उनले तेस्रा पटक सुन्दर देश नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।

 

सोमबार प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदैछन्उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।उनले लेखेका छन्, ‘हालै तपाईंसँग भेट गर्ने मौका मिल्यो । जसरी न्यानोपन र मायाले हामीलाई स्वागत गर्नुभयो, त्यसले नेपालको विनम्रता र सांस्कृतिक करुणालाई दर्शाउँछ ।

 

भेटमा प्रचण्डले विवेक र उनका पिता सुरेशलाई नेपाली भादगाउँले टोपी र खादा लगाएर स्वागत गरेका थिए । भेटमा उनीहरुबीच फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । प्रचण्डले सुरेश ओबरायका फिल्म भने आफूले हेर्ने गरेको बताएका थिए । पशुपतिनाथको दर्शन गरेपछि विवेकले परिवारसँग चन्द्रागिरी, पोखरा, घारेपानी, भैरहवा र लुम्बिनीको भ्रमण गरेका थिए ।