२०८१ पुष २९ , सोमवार

नवनियुक्त गृह मन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता, अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ

सुनाखरी न्युज/काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।

 

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुभयो । सो अवसरमा अध्यक्ष गोल्छाले मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गर्नुभयो । भेटवार्ताकाक्रममा महासंघ तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध समेत गरिएको थियो । त्यसैगरी सिमाक्षेत्रबाट हुने अवैध आयात÷व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरयो । भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो ।

 

जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो । सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासंघको शुभकामना तथा सदासयताका लागि आभार प्रकट गर्नुभयो । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसंग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाउनु भयो ।