२०८१ पुष २९ , सोमवार

नेपालबाट चीनमा निर्यात गर्न रसुवागढी नाका खुल्याे

सुनाखरी न्युज/काठमाडौं । मंगलबार देखि चीनले नेपाली वस्तु निर्यात गर्न रसुवागढी नाका खुलाएको छ । कोरोना महामारी सुरुवात भएपछि बन्द गरिएको रसुवागढी पहिलो पटक खुलेको हो ।

 

रसुवागढी नाका ३१ महिनादेखि बन्द रहेको थियो । पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु नेपालले चीनमा निर्यात गरेको हो।

 

तर सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका गर्न अझै बन्द रहेकाे छ ।