सुनाखरी न्युज/काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्ना अभिकर्ताहरुका लागिे (२०७९ पौष ७गते देखी ९ गते सम्म)“गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु लाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठ बाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो । भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले अभिकर्ताहरु लाई सफल भ्रमणको शुभकामना दिनु हुँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धिभई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्तगर्नु भयो ।
देशै भरी बाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागि हुन सफलकरिब २०० जना अभिकर्ताहरु लाई वहाँहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गर्नु भएको थियो । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाटआफ्नो वृत्तिविकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।