२०८१ पुष १७ , बुधवार

५ किलोमिटर दौड छात्र प्रतियोगिता सम्पन्न

सुनाखरी न्युज/काठमाडौं । भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा ५ किलोमिटर दौड छात्र प्रतियोगिता भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेका सो कार्यक्रममा छात्रतर्फ ३२जना र छात्रातर्फ – २१जना विद्यार्थीहरुको सहभागीता रहेको थियो

 

पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुखअतित्थतामा सम्पन्ने भएको सो दौड प्रतियोयगितामा व्यवस्थापन (वि.वि.एस.) संकायका सन्जोक घर्तीले १७:५१ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरे भने व्यवस्थापन (वि.वि.एस.) कै विवेक तिलिजाले १८:०७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र व्यवस्थापन (वि.वि.एस.) कै आकाशथापाले १८:५३ मिनेटमा दौड सम्पन्न गरी पुरुष तर्फको दौडमा तेस्रो स्थान हासिल गरे । साथै छात्रातफको दौडमा वि.वि.एस. (वि.वि.एस.) संकायकी अनिशा भण्डारीले २५:३६ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरिन भने व्यवस्थापन (वि.वि.एस.) कै अञ्जु गिरी ले २५:५७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र मानविकी (वि.ए.) संकायकी सुशिला शाहीले २६:२४ मिनेटमा दौड सम्पन्न गरी तृतिय स्थान हासिल गरिन ।

 

सो कार्यक्रममा बोल्दै खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति भएको र यो एक आधारभूत अधिकार पनि भएकोले सामाजिक सम्बन्धलाई सुदृढ गर्न र दिगो विकास र शान्ति र एकता र सम्मानका लागि एक शक्तिशाली उपकरणका रूपमा खेलकुदलाई लिईनुपर्ने कर्मचारी राजेन्द्र सुवेदीले बताए ।