सुनाखरी न्युज/काठमाडौं । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार एकै दिनमा दुई लाख २ हजार ८५३ जनामा संक्रमण देखिएको हो । यो संख्या अगष्ट १९ पछिकै सबैभन्दा धेरै हो । गत अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा संक्रमण देखिएको थियो ।