२०८१ मंसिर १४ , शुक्रवार

२० अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा प्रवाह जम्मा १ अर्ब मात्र

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

 

बैंकर्स संघको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४६ खर्ब ४५ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरूमा गत साता मात्र २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।  अघिल्लो शुक्रबार (यही पुस १मा) यस्तो निक्षेप ४६ खर्ब २५ अर्ब रुपैयाँ थियो ।

रेमिट्यान्स आप्रवाह बढ्न थालेपछि बैंकहरू निक्षेप पनि बढेको जानकारहरु बताउँछन् । उक्त अवधिमा कर्जाको वृद्धिदर भने निकै कम छ ।

 

गएको सातामा वाणिज्य बैंकहरुले कर्जा प्रवाहमा भने खासै ध्यान नदिएको तथ्यांकहरूले देखाएको छ । संघको तथ्यांकअनुसार गत साता २६ वटा वाणिज्य बैंकहरूले थप १ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।

जसअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २३ अर्ब रुपैयाँ छ । अघिल्लो शुक्रबार  यस्तो कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ थियो ।