सुनाखरी न्युज/काठमाडौं । भारतको उत्तर प्रदेशमा आयोजित ५औं शोतोरियो इन्टरनेशनल कराते च्याम्पियनसिप २०२२ मा नेपाल वादो काइ कराते सघं गोङ्गबु डोजो टिम च्याम्पियन भएको छ ।
पुस ९ देखि १० गते सम्म भारतको उत्तर प्रदेशमा सम्पन्न भएको ५ औँ शोतोरियो इन्टरनेशनल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टिम उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
भारतको उत्तर प्रदेशमा भएको प्रतियोगितामा गोङ्गबु डोजोका खेलाडी सहित कराते प्रशिक्षक सुजेन्द्र केसी, सुवास देउजा र निरज भण्डारीको सहभागिता रहेको थियो ।