२०८१ मंसिर १० , सोमवार

तरलता व्यवस्थापनका लागी ५० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ५० अर्ब रुपैयाँको ४५ दिन अवधिको रिपो जारी गर्ने भएको छ ।

 

बैंकले आगमी माघ २९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यम बाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानी योग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समय अघि देखि निरन्तर रिपो जारी गर्दै आएको छ ।

 

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।