२०८१ पुष २८ , आइतवार

नेपाली बजारमा नयाँ प्रिमियम ह्विस्की ‘काला पत्थर’को आगमन

सुनाखरी न्युज/ काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक जवलाखेल गु्रप अफ इन्डस्ट्रिजले विगत कयौँ वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ।

आफ्नो उपभोक्ताका लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रपले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्रान्ड ‘काला पत्थर’ ल्याएको छ। काला पत्थर एउटा ब्लेन्डेड रिजर्भ व्हिस्की हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ।

काला पत्थरमा सोफिस्टिकेटेड रिच एन्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ। वर्ल्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ। काला पत्थरको मजा बरफका साथ वा सीधै लिन सकिन्छ। काला पत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोतलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ।