सुनाखरी न्युज/ काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो ।
हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जानेक्रम बढ्दो छ । यो अभियान आगामी चैत्र ६ गतेसम्म सञ्चालनमा रहने छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाले आर्थिक बिकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिनै महत्त्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको बताए । उनले भने, ‘मेरो डिजिटल देश अभियान मार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने छ ।’