सुनाखरी न्युज/ काठमाडौं । इजरायलका प्रधानमन्त्रीमा बेञ्जामिन नेतन्याहु नियुक्त हुनुभएको छ । २ वर्षदेखि सत्ता बाहिर रहनु भएका नेतन्याहु छैठोैं पटक प्रधानमन्त्री बन्नु भएको हो ।
प्रधानमन्त्री पदको सपथ लिए लगत्तै उहाँले इजरायल जनताको माया र मोहले आफू पटक-पटक प्रधानमन्त्री बन्न सफल भएको बताउनुभयाे । उहाँले आफ्नै नेतृत्वमा इजरायलको विकास सम्भव भएको समेत बताउनुभएकाे छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई बधाई दिदै रुस र इजरायल सम्बन्ध सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
रुस–युक्रेन युद्ध सुरु भएदेखि इजरायलले सावधानी पूर्वक तटस्थ रहँदै आएको छ । उता, युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पनि नेतान्याहुलाई बधाई दिंदै आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।