सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले पुस १७ गते (आज) देखि एकिकृत कारोबार सुरु गर्दैछन् । यी दुई बैंकले मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो । एक आपसमा मर्जरमा जानका लागि यी दुई बैंकको मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट भने दुई बैंकले मर्जरमा पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए ।
मर्जरपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ । यी दुई बैंक एक आपसमा मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. २५ अर्ब ८५ करोड पुग्नेछ ।