सुनाखरी न्युज/ काठमाडौं । अबदेखि आइएमई पेएप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ्पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरु लाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य सहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पे ले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबार बाट बन्चितहुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवाथप गरेको हो ।
यो सँगसँगै भाषाको छनोटगर्न मिल्ने एक अर्को सुविधापनिआइएमई पे एपमाथपिने भएको हो ।अङ्ग्रेजीनयाँवर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिकगरिएकोयस फिचरको लागिप्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमागएर आइएमई पे एप छ भनेएप अपडेटर छैन भने डाउनलोड गर्नु पर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँया पट्टि रहेको इन(भ्ल्)संकेतबाट नेपालीभाषा रोज्न सक्नुहुन्छ । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्तगर्न सक्नुहुन्छ ।
यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहजलाग्ने भाषाप्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानीगर्न सक्नुहुन्छ । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्तगर्न, केवलमोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवावा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा७.१३% ब्याजकमाउनसकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एप मा उपलब्ध छन् ।
आइएमई पे
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे”आइएमई ग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवा एजेन्टहरुको मार्फत विभिन्नकिसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथाकार्यालयकाबिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । २० लाखभन्दा बढी ग्राहकहरु लाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवाप्रदान गर्न सफल हुँदै आएको छ ।