२०८१ पुष २८ , आइतवार

प्रभु क्यापिटलको बीमाको सुरक्षा सहितको नयाँ डिम्याट “९९९ आजीवन डिम्याट खाता”योजना सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी“प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं”भन्ने स्लोगन सहित“९९९ आजीवन डिम्याट खाता”योजना सार्वजनिक गरेकोछ ।

 

ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहतदिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ।डिम्याट खातावालले हालडिम्याट खातानवीकरण गर्न प्रत्येक वर्ष रु. १०० नवीकरण शुल्क बुझाउनु पर्ने रहेकोछ अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नु पर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुपप्रभु क्यापिटलले यो योजनाल्याएको हो,जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।

 

१ जनवरी, २०२३ बाट शुरु भएको यस योजनामाहितग्राहीले एक पटक ९९९ रुपैयाँशुल्कतिरेर क्यापिटल बाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा१ लाख बराबरको Accident Insurance पनि पाउने क्यापिटलले जनाएको छ । यो योजनाले सक्रिय रुपमा पूँजीबजारमा लाग्ने हितग्राही लाई डिम्याट खाता नवीकरणका झन्झट बाट राहत दिलाउने तथा नयाँ लगानीकर्ता लाई दीर्घकालीन रुपमाभित्रायाउनमा सघाउ पुरयाउने छ ।

 

यो डिम्याट खाता देशविदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाताखोल्नुका साथै वेबसाइट तथामोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमाव्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा Video KYC वा In Appverification छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताखोल्न सक्नेछन् ।

 

प्रभु क्यापिटलको “९९९ आजीवन डिम्याट खाता” को विशेषताहरुः
– रु. ९९९ माआजीवनडिम्याटको सुविधा साथै १ लाख बराबरको दुर्घटना बीमा,
– लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुरानाभएका शेयर पोर्टफोलियोको नि शुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट,
– Instant डिम्याट खाताखोल्ने सेवाप्रभु क्यापिटलको वेबसाइट तथामोबाइल एपबाटै,
– अनलाईन बाट डिम्याट भर्दा Video KYC तथा App बाट भर्दा In-App KYC verification को सुविधा।