२०८१ पुष १३ , शनिवार

विभिन्न देशमा नयाँ वर्ष मनाइदै

सुनाखरी न्युज / अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रहरु गरी मनाइएको छ । भूगोल र संस्कृति फरक भएपनि सबैको नयाँ वर्षले सबैको मुहारमा मुस्कान ल्याएको देखियो ।दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए ।

 

सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ।

 

यस्तै भारत, चीन, बेलायत, अमेरिका, फ्रान्सलगायत विश्वका प्रायःदेशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत गरिरहेका छन् । नयाँ वर्ष मनाउन चीनको वुहानमा शनिबारको मध्यरातमा हजारौँ मानिस भेला भएका थिए ।