२०८१ आश्विन ६ , आइतवार

‘ह्यारी कि प्यारी’सँग जुधेको ‘मनसँग मन’ अब माघ २७ मा

सुनाखरी न्युज / अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति पुनः पोस्टपोन्ड भएको छ । यसअघि पहिलो पटक २०७७ सालको चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन पाएन । महामारी मत्थर भएपछि यस वर्षको माघ २० गतेलाई नयाँ प्रदर्शन मिति तोकियो । तर, फेरि फिल्मको रिलिज सरेको छ ।

 

यसअघि माघको २० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति एक साता पर सरेको छ । अंग्रेजी नयाँ वर्षको दिन निर्माताले नयाँ मिति सार्वजनिक गरेको हुन् । अब यो फिल्म माघको २७ गते रिलिज हुनेछ । माघ २० मा साम्राज्ञी शाह र जितु नेपाल अभीनित ‘ह्यारी कि प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । वितरक करण श्रेष्ठले नेपाली फिल्म सकभर नजुधाउने आसयसहित आफूले वितरण गरिरहेको फिल्म सार्न निर्मातालाई मनाएको बताएका छन् ।‘सकभर नेपाली फिल्म एक आपसमा जुध्नुहुन्न भन्ने मेरो मान्यता हो । एक हप्ता तलमाथि गर्दा दुवै फिल्मलाई फाइदा हुन्छ भने किन नगर्ने भन्ने आसयले हामी एकपछि पछि जाने निर्णयमा पुगेका हौँ,’ करणले भने ।

 

निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२३ तथा राष्ट्रिय टोपी दिवसको अवसर पारेर आगामी माघ २७ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । पुष्प अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ पुष २९ गते रिलिज हुन लागेकाले एक महिनाको ग्याप राख्न ‘मनसँग मन’लाई पूर्वनिर्धारित मितिभन्दा एकसाता पछाडि धकेलिएको हो । अब यो मितिबाट फिल्म नसर्ने निर्देशक कैलाश राईले जानकारी दिए ।अरुण तामाङ र सौरभ लामाको निर्देशनमा तयार भएको यो फिल्मलाई कैलाश राइले निर्देशन गरेका हुन् । लभ स्टोरी श्रेणीको यो फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्मको एउटा गीतमा नायिका पूजा शर्मा र नायक पल शाहको नृत्य हेर्न सकिछ । यो फिल्मलाई मोफसलमा जीजीए ग्रुप र डीसीएन तथा मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।