२०८१ मंसिर १ , शनिवार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे आयोगका पदाधिकारसँग प्रधानमन्त्रीको छलफल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

 

बिहीबार भएको छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल भएको छ ।छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारीमा रहेको जानकारी गराइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

 

राष्ट्रपतिको निर्वाचन पदावधि सकिन एक महिना अघि नै गर्नु पर्ने कानुनी व्यवस्था छ । माघ २८ गतेभित्र चुनाव गराइसक्नुपर्ने आयोगले जनाएको छ ।