२०८१ पुष २७ , शनिवार

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकाको समन्वयमा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो ।

 

उक्त शिविरमा ७९८ जनाले नाम दर्ता गराएका थिए । भने उपचारमा ६३१ जनाले लाभ लिएका छन् । बाँकी १६७ जनालाई उपचार गर्न नसकीएको हुदाँ पुनः फलोअपमा जाँदा बाँकीको पनि उपचार गर्ने नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा दाँत भर्नेकाम १३८, दाँतको जरै देखि उपचार २८, दाँत निकाल्ने काम ४१, दाँत सफा गर्ने काम ११६, दाँतको एक्सरे ९७, दाँतमा पिप भरीएको निकाल्ने काम १ भएको हो । त्यसै गरी जरै देखि उपचार गर्ने १० जना विरामीलाई दोस्रो चरण सम्मको उपचार पनि दिईएको छ भने, बाँकी विरामीहरुलाई फलोअपमा पूर्ण उपचार दिइने छ ।

 

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नेलम्बो नेपाललाई आफ्नो पालिकामा सहकार्य गरी कार्य गर्न ६ महिना देखिको निरन्तर प्रयास गरेर सफल भएको बताए । उनले नेलम्बो नेपाल साच्चिकै सामाजिक कार्यमा क्रियाशिल र कार्य गर्ने संस्थाको रुपमा चिनिएका पनि बताए । भविष्यमा नेलम्बो नेपालसँग शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा सहकार्य गरेर कार्यहरु गर्न तयार रहेको पनि बताए । उहाँले आफ्नो पािलककाका विपन्न परिवार जो दाँत जस्तो महङ्गो उपचार गर्न विभिन्न ठूला शहरहरुमा धेरै पैसाको जोहो गरी जानु पर्ने समस्याको समाधान गरेको र पालिका बासीहरुको आर्थिक सम्वृद्धिमा साँच्चिकै सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नु भयो ।

 

नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपालले मुख स्वास्थ्यमा देखिएको समस्याका वारेमा आफुहरुले केही हद सम्म सहयोग गर्नलाई र सचेतना प्रदान गर्नको लागि मुख स्वास्थ्यको कार्यक्रम अधि सारेको बताउनु भयो । नेलम्बो नेपालले ५ दिन सम्म विहान ९ बजे देखि बेलुका ६ बजे सम्म सेवा दिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो । उक्त उपचारमा डा. सजिन मर्सानी, कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, डेण्टल हाइजेनिष्ट करुण गर्बुजा, डेण्टल हाइजेनिष्ट अञ्जु वि.क. प्राविधिक सुपरीवेक्षक रुपेश गुरुङ्ग, किल्नीकल सहयोगी रितिक चुवाई, फिल्ड एडमीन नम्रता ढुङ्गाना र सवारी चालक मुक्त बहादुर मालको टीम उपचारमा संलग्न रहेको थियो ।