२०८१ आश्विन ६ , आइतवार

विपिनले छाडे बलिउड फिल्म ‘एनिमल’

सुनाखरी न्युज / काठमाडौं – अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन्। ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको कार्कीले जनाए । विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन। त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन ।

 

विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि मिहिनेत गरे । अहिले आएर उनले फिल्म छोडेका छन । अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको कार्कीले सुनाए।‘उहाँहरुले ५ दिनभित्र मुम्बई आउनु भन्नुभएको थियो तर म अहिले फिल्मको सुटिङमा व्यस्त छ ु। म सेट छोड्न चाहन्नँ किनकी पहिले पनि मेरो कारण फिल्मको सुटिङ रोकिएको थियो विपिन भन्छन प्रसादलाई अगाडि बढाउनुपर्छ भनेर मैले काम नगर्ने निर्णय गरेको ह ुँ।

 

नेपाली फिल्मलाई माया गर्नु कलाकारको दायित्व पनि हो।’ विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई व्र्ष अगाडि साइन गरेका थिए । त्यसका लागि उनी नेपाल र मुम्बई धेरैपटक ओहार दोहोर पनि गरे । बलिउड फिल्मको चक्करमा उनले धेरै नेपाली फिल्म छोडे । तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन ।

विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो । व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए । विपिनका अनुसार उनलाई ६ दिनभित्रै बोलाइएको थियो । यहाँ सुटिङ भइरहेको प्रसाद २ अभैm १४ दिन छाड्न नमिल्ने भएका कारण ‘एनिमल’ छोडेका हुन ।