२०८१ मंसिर १० , सोमवार

शेयर बजारको वृद्धि कायमै

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.५६ अंकले बढेर दुई हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।

 

आइतबार नेप्से १७.२६ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ । आज २ अर्ब ९६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९वटा कम्पनीको शेयरमूल्य घटेको छ । सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । भने तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज एनएमबी फिट्टी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यसको आज १६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ ।