सुनाखरी न्युज/ काठमाडौं । उपचार गर्न कीर्तिपुर अस्पताल पुगेका बझाङको दुर्गाथली गाउँपालिका–५ का २२ वर्षीय सुनिल रोकायाले अस्पतालकै तीनतलाबाट हामफाल्दा घाइते भएका छन् ।
सोमबार राति करिब साढे १० बजे हामफाल्दा टाउको, दाहिने हात र शरीरको अन्य भागमा चोट लागेको हो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार एक्कासी मुटुको धड्कन बढेपछि उपचारका लागि अस्पताल पुगेका थिए ।“टाउको, दाहिने हात र शरीरको अन्य भागमा चोट लागेको छ ।
उनी कीर्तिपुर– ८ पागामा डेरा गरि बस्दै आइरहेका छन् । हामफाल्नुको कारण खुलेको छैन,” उनले भने । रोकायाको उपचार सोही अस्पतालमा भइरहेको एसपी मैनालीले बताए । प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान भइरहेको जनाएको छ ।