२०८१ पुष २८ , आइतवार

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु. आर. कोड सेवा

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमाक्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।

 

उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्तमन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरि मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममाक्यु आर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यु.आर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण के.सी  मार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद पोखरेल ज्युलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

 

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यु.आर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्यु.आर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पका रुपमानवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको छ ।डिजिटल सेवालाई सुरक्षित र भरपर्दा बनाउन OTP password अन्य बैंकिङ्कविवरण कसै संग पनि सेयर नगर्न समेत बैंकले अपिल गरेको छ ।