२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री तारा र प्रेमी आदरको ब्रेकअप

सुनाखरी न्युज / मुम्बई –  बलिउड अभिनेत्री तारा सुतारिया र उनका प्रेमी आदर जैनको ब्रेकअप भएको छ । तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोलेनन्, तर पनि दुवैजना कयौं कार्यक्रममा सँगै देखिन्थे । सामाजिक सञ्जालमा पनि एकअर्काको तस्बिर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिएका हुन् ।

 

यसपटक कपूर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो । किनकि यसअघिका हरेक कपूर परिवारका कार्यक्रममा उनको उपस्थिति अनिवार्य झैं हुन्थ्यो । रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे । तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।

 

रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे । तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ । ‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउडमा डेब्यू गरेकी ताराले ‘मरजावाँ’, ‘एक भिलेन रिटन्र्स’ आदि फिल्ममा काम गरेकी छिन् । आदरले भने ‘कैदी बन्दी’बाट डेब्यू गरेका थिए ।