२०८१ मंसिर १२ , बुधवार

जर्नेल प्रेमप्रकाश शाही सैनिक हिरासतमा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली सेनाका जर्नेल प्रेमप्रकाश शाही सैनिक हिरासतमा परेका छन् ।

आइतबार सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेकामा आज आर्थिक चार्ज लगाएर सेनाले उनलाई पक्राउ गरी हिरासतमा राखेको हो । उनीमाथि शैक्षिक योग्यता सम्बन्धमा मुद्दा रहेको थियो । तर सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेपछि उनी काममा फर्कदै थिए ।

जसका कारण उनी भोलिदेखि अवकाश लिँदैथिए । तर आजै उनलाई पक्राउ गरिएको हो । उनलाई सैनिक मुख्यालयमा राखिएको छ ।