२०८१ आश्विन ६ , आइतवार

दुवै हात गुमाएकी कपिलवस्तुकी रुपाले जितिन प्रदर्शनी आइडलको उपाधि

सुनाखरी न्युज / रुपन्देही – करेन्ट लागेर सानैमा दुवै हात गुमाएकी कपिलवस्तुकी रुपा रौतारले बुटवलमा आयोजित प्रदर्शनी आइडलको उपाधि जितेकी छन् । गायनमा प्रदर्शनी आइडल बनेकी रुपाले एक लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार हात पारिन ।आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि जितेकी रुपा बुटवलको कालिका मानव ज्ञान माविकी विद्यार्थी हुन् ।

 

३४ जना प्रतिस्पर्धीहरूमध्येबाट २४ जना हुँदै भोटिङ राउन्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन। रौतार कालिका मानव ज्ञान माविमा कक्षा १२ मा मानविकी सङ्कायमा अध्ययनरत छात्रा हुन । घरमा करेन्ट लागेर रुपाले सानै उमेरमा एउटा हात गुमाएकी छन । कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिइन ।

 

उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए । सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधि जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छन् ।आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन ।