सुनाखरी न्युज/ काठमाडौं । चीनले कोभिडका कारण विश्वका अन्य देशले चिनियाँ यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धको विरोध गरेको छ । चीनले यस्तो भएमा त्यसको बदला लिने बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारसँगको कुराकानीमा चिनियाँ जनतामाथि लगाइएको प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको बताएका छन् ।अर्कोतर्फ, अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले चीनले कोरोनाभाइरसको फैलावट र कथित नयाँ संस्करणसँग सम्बन्धित जानकारी साझा नगरेकोमा आलोचना गरेका छन् ।
अमेरिकालगायत करिब एक दर्जन देशले चीनबाट आउने व्यक्तिको कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । चीनमा हालै कोरोना सम्बन्धी प्रतिबन्धहरू खुकुलो पारिएको छ र धेरै चिनियाँहरूले विदेश यात्रा गर्न बुकिङ गरिरहेका छन् ।एजेन्सी