२०८१ मंसिर १३ , बिहिवार

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८÷०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

 

बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिनसोमबार बैंकले गतआर्थिकवर्षको लाभांश१५,४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । साधारणसभाले १५ प्रतिशतलाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं, बैंककाअध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो”,उहाँकाअनुसार साधारणसभा सकिए लगतैआजै सहकारीहरुको खातामा लाभांश पठाईएको उल्लेख गर्नु भयो । एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्नभएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।

 

बैंकलेगतआर्थिक वर्ष ०७८÷०७९मा रु ४३ करोड४५लाख ५७हजार ७४८ रुपैया लाभांशवितरण गरेको छ, सहकारी बैंकले विगत५वर्षदेखि लगातार १५ प्रतिशतलाभांशप्रदानगर्दै आएको छ ।बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजीफिर्ता कोषबाटप्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ,्र बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ÷संस्थाहरुलाई धन्यवादज्ञापन गर्दै आगामीदिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँगगरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ ।

 

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाटपनि सदस्य सहकारीहरुलाई रकमउपलब्ध गराउँदै आएको छ। संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमादिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो ।