२०८१ मंसिर ९ , आइतवार

सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ:शरद र आरिफ

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।

 

उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

 

सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ । उनलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् ।