२०८१ मंसिर १३ , बिहिवार

विश्व बजारमा कच्चा तेलको मूल्यमा एकै दिन ४% ले गिरावट

सुनाखरी न्युज/ काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा एकै दिन ४% भन्दा धेरैको गिरावट आएको छ ।

 

 

मंगलबार ‘ब्रेन्ट क्रुड फ्यूचर्स’ ४.४% अर्थात ३.८१ अमेरिकी डलरले घटेर प्रतिब्यारेल ८२.१० डलरमा आएको हो । यता, ‘डब्लुटीआई क्रुड’ पनि मंगलबार ४.१५% अर्थात ३.३३ डलरले घटेर प्रतिब्यारेल ७६.९३ डलर कायम भएको छ । गत डिसेम्बरमा ब्रेन्ट क्रुडको भाउ घटेर ७६ डलर र डब्लुटीआई क्रुडको भाउ ७० डलरसम्म आएको थियो । त्यसयता भने कच्चा तेलको भाउ बढेको थियो ।

 

यद्दपि, रुस र युक्रेन युद्धका कारण सन् २०२२ मार्चमा प्रतिब्यारेल १३० डलर नाघेयता कच्चा तेलको भाउ समग्रमा घट्दो क्रममै रहेको छ । मंगलबार भने निराशाजनक आर्थिक प्रक्षेपण, बलियो अमेरिकी डलर र चीनमा तेलको माग कमजोर देखिएका कारण कच्चा तेलको भाउमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।