सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार उच्च अंकले बढेको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार सामान्य गिरावट आएको थियो । तर, बुधबार भने बजार बढेको छ ।
आज नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको हो । मंगलबार आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । भने २२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज छ कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अिकालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ११ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ ।