२०८१ मंसिर ८ , शनिवार

कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्ज स्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।

 

उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपकाअध्यक्षतथा नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षचन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । बुधबार राजधानी काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिङले भने, ‘नेपालमाविद्युतीय सवारीसाधनलोकप्रियबन्दै गएका छन् । नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धनआयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धनआयात घटाउन र स्थानीय रूपमाउत्पादितबिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ ।विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूकालागिविद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ। आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागिशुभकामना दिन्छु। कार्यक्रममाबोल्दै चन्द्रप्रसाद ढकालले भने, “हामीगरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागतगर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौ ।

आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवाबन्ने लक्ष्य राखेको छ र नयाँऊर्जा सवारी साधनचलाउँदाजनताको पहिलो रोजाइबन्न चाहन्छौ । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुतगरिएको थियो; र नेपालमानिकै लोकप्रियबन्दै गएको छ ।हामीले तीनमहिनाभित्रै सयभन्दा बढी युनिट बिक्रीगरिसकेका छौं। उहाँले भन्नुभयो, “हामीले उत्पादनबिक्रीमात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमापनि योगदानदिइरहेका छौं” । गरिमा अटोकाप्रबन्धनिर्देशकदान राणाले भने, “म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमाजोडिन पाउँदानिकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्रीविद्युतीयदुई पाङ्ग्रे सवारी साधनउपलब्ध गराउनपाउँदाखुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटरप्रयोग गरेपछि सबै ग्राहकखुसी छन”।

 

आइएमई इलेक्ट्रिकको बारेमा
कम्पनीकाअनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,००० (दुई लाखपचास हजार) ३वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागतफिर्ता हुनेछ।

फायरपु्रफ ब्याट्री, रिभर्सगियर, हाईट एडजसटेबल शोक्कअब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्पचार्जर्, राम्रो सुरक्षाको लागिबाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरैसुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् । राफ्ट मोटर्सको उत्पादनमा एकै पटक चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी इलेक्ट्रिक स्कुटरहरू छन्। उचितमूल्य, धेरै राम्रो प्ः दायरा, विश्वसनीयता र धेरै आकर्षक लुकका कारण र्याफ्ट गाडीहरू छोटो अवधिमा नेपालमाअत्यन्तलोकप्रियभएका छन्।